काठमाडौं : सरकारी अनुगमन टोलीले ३९.३० रुपैयाँमा ह्यान्ड स्यानिटाइजर किनेर ८० रुपैयाँमा बिक्री गर्ने बिक्रेतालाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।  आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले खटाएको टोलीले इटहरीको विवता सर्जिकल हाउसलाई कारबाही गरेको हो ।

भारतीय कम्पनीद्वारा उत्पादित लाइफ गार्ड ब्राण्डको स्यानिटाइजर बिक्री गरेको हो । स्यानिटाइजरमा एमआरपी उल्लेख नभएको विभागले जानकारी दिएको छ ।

त्यस्तै इटहरीको अर्को फर्म होम्ताङ आयुर्वेद औषधालयले स्यानिटाइजर लगायत अन्य औषधी खरिद बिक्री गर्दा बिलबिजक राखेको नभेटिएको विभागले जानकारी दिएको छ । यो औषधालयलाई बीस हजार रुपैयाँ जरिवाना गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *