प्रधानमन्त्री केपी ओलीले कोरोना खोपका विषयमा आफूमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले यदि कसैले भ्रष्टाचार गरेको पाइएमा  छानबिन गरेर कारबाही गरी छाड्ने बताए।

प्रधानमन्त्री ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको पनि बताए। उनले सरकारको बदनाम गर्नकै लागि प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भएको बताए।

भ्याक्सिन अभाव भए पनि सरकारले दक्षिण एसियामा भारतपछि बढी खोप ल्याउन सफल भएको र पीसीआर टेष्ट, आईसीयू भेन्टिलेटर व्यवस्था गर्दै  कोभिड महामारीमा जनताको जीवन रक्षा पहिलो सर्त भएको बताए।

प्रधानमन्त्री ओलीले सरकारका पक्षमा विश्वासको मत पनि मागेका छन्।

राष्ट्रियताको प्रवर्द्धनमा सरकारले राम्रो काम गरेको दावी गर्दै ‘राष्ट्रियताको संरक्षण, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने कुरामा कुनै प्रयास बाँकी नराखेको बताए। सरकारले सुशासनका पक्षमा समेत राम्रो काम गरेको ओलीको दावी छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *