प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अविश्वास गर्नु पर्ने कारण नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा उनले संविधान संशोधन गर्न सकिने पनि बताए । यसका लागि कार्यदल बनाउन सकिने र यो संशोधन गर्न नसकिने दस्तावेज नभएको पनि बताए ।
उनले पृथकतावादको विचार बोक्ने पक्षलाई पनि संविधानको दायरामा ल्याएको पनि दाबी गरेका छन् ।

