भारतमा कोरोना भाइरसको अहिलेसम्मकै संक्रामक भेरियन्ट फेला परेको छ। यो भेरियन्ट सबैभन्दा पहिले कुर्नूलमा भेटिएको थियो। हाल फैलिरहेका भन्दा यो भेरियन्टको फैलावट १००० गुणा तीव्र छ।

भाइरसको नयाँ भेरियन्ट फेला परेसँगै आन्द्र प्रदेशका मानिसहरू निकै डराइरहेका बीबीसी हिन्दीले लेखेको छ। कोरोनाका मौजूदा भेरियन्टभन्दा यो १००० गुणा तीव्र फैलिरहेको जनाइएको छ।

दिल्ली सरकारले आन्द्र र तेलंगना प्रदेशबाट आउने मानिसहरूलाई प्रवेश प्रतिबन्ध नै लगाइदिएको छ। यो प्रदेशमा म्यूटेन्ट भएको भेरियन्टको नाम एन४४०के राखिएको छ।

भारतमा यतिखेर कोरोना भाइरसका कयौं भेरियन्ट फैलिएको छ। केही भेरियन्टहरूले कोरोना महामारी तीव्र रूपमा फैलाइरहेको भाइरोलोजिस्टहरूले बताइरहेका छन्‌।

सरकारका केही विज्ञहरूले भने यो भाइरस निकै पहिले नै फेला परेकाले सावधानी अपनाए हुने, तर खासै डराउनु नपर्ने बताइरहेका छन्‌।

महामारीका बेला भारत सरकारले अपनाएको रवैयालाई लिएर अहिले विश्वभर आलोचना भइरहेको छ। भारतले समयमै महामारी नियन्त्रण नगर्दा सो फैलिएर दक्षिण एसियाका अधिकांश देशमा संकटपूर्ण स्थिति निम्तिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *