काठमाडौंं : खनाल-नेपाल समूहका सांसदहरुको बैठक बस्दै छ । संघीय संसद् सचिवालय सिंहदरबारमा बिहान साढे ९ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदै छ ।

आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान ९ बजेसम्मको समय-सीमा दिएका उनीहरुले थप छलफल गर्न बैठक बस्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाएको संसद् विशेष अधिवेशन दिउँसो १ बजे बस्दै छ । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको बैठकअघि खनाल-नेपाल समूहका सांसदहरुले राजीनामा दिने या नदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *