काठमाडौँ : जसपा नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा आज २ बजे पदाधिकारी बैठक बस्ने भएको हो । बैठक बस्नुअघि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

आजको बैठकमा भोलि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको बारेमा छलफल गर्ने र आधिकारिक निर्णय लिने बताइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *