काठमाडौं :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।भेटवार्ता बुढानिलकण्ठस्थित देउवा निवासमा भएको हो।

प्रचण्ड आज साँझ ६ बजे देउवा निवास पुगेका थिए। उनीहरुबीच लगभग आधा घन्टा कुराकानी भएको थियो।कुराकानी समसामयिक राजनीतिक घटनाक्रमबारे भएको देउवाको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी ओलीले वैशाख २७ मा विश्वासको मत लिन लागेका छन्।ओलीको कदमप्रति कांग्रेस र माओवादी असहमत रहेकाले उनीहरूबीचको वार्ता नयाँ नेतृत्वका लागि गरिने गृहकार्यको सिलसिला हुन सक्ने आकलन गर्न सकिन्छ ।

