पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ४ हजार १०६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै नेपालमा आज ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट १७३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यो संख्या हाल सम्मकै उच्च संख्या हो।
सोमबार ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बुधबार ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै बिहीबार ९ हजार ७० जना संक्रमित थपिएका थिए ।
यससँगै संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना निको भएका छन्। बिहीबार २ हजार ७०७ जना निको भएका थिए । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ।
आज ५० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ।
हालसम्म २५ लाख ९८ हजार ४०५ जनाको परीक्षण गरिएको छ । आजको परीक्षण २० हजार ४८२ रहेको छ।

