एजेन्सी

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार तय भएको कोलकाता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल स्थगित भएको छ ।

कोलकाताका ३ खेलाडीमा कोरोना संक्रमण देखिएपछि सोमबार राति पौने आठबाट अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने भनिएको खेल स्थगित भएको हो । कोलकाताका प्याट कमिन्स, वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना भएको बताइएको छ ।

अब यो खेलपछि खेलाइनेछ । हाल बैंग्लोर ७ खेलमा ५ जित र २ हारको नतिजा सहित १० अंकको साथमा तेस्रो स्थानमा छ ।कोलकाता ७ खेलमा २ जित र ५ हारको नतिजासहित ४ अंकका साथ सातौँ स्थानमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *