काठमाडौं । कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

विषम परिस्थितिको फाइदा उठाउँदै अखाद्य वस्तुको बिक्री तथा राहत वितरण हुन सक्ने भन्दै सचेत रहन विभागले एक सूचना जारी गर्दै उपभोक्तालाई आग्रह गरेको हो । ‘विषम परिस्थितिमा अखाद्य वस्तुको बिक्री वितरण तथा राहत वितरण हुन सक्छ, त्यसरी बिक्री भएको खाद्यान्नमा कुनै कैफियत वा अखाद्य वस्तुको आशंका लागे तत्काल सम्पर्क गर्न विभाग अनुरोध गर्दछ,’ विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

विभागले उपभोक्ताको गुनासो सम्बोधन गर्न विभिन्न हटलाइन नम्बरहरु पनि जारी गरेको छ । विभागको केन्द्रीय कार्यालय बबरमहल तथा देशभरका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उपभोक्ताले सम्पर्क गर्न सक्ने विभागले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *