काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीले  काेराेना संक्रमितको नि:शुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाउन सरकारसँग आग्रह गरेकाे छ।                                                                                               संक्रमितहरुको नि:शुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाई प्रभावकारी कुटनीतिक प्रयासद्धारा संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप उपलब्ध गराई सहजरुपले सम्पूर्ण नेपालीलाई खोप लगाइ हाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न  सरकारसँग राप्रपा हार्दिक अपिल गर्दछ,’ पार्टीका अध्यक्षत्रयले जारी गरेकाे विज्ञप्ति  भनिएकाे छ।

यस कार्यमा सरकारसँग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

‘यो राष्ट्रिय संकटसँग मुकाविला गर्न राष्ट्रका सबै राजनीतिक, आर्थिक, वौद्धिक र प्राविधिक शक्तिहरुलाई एकीकृतगरी प्रभावकारी रूपले तत्काल परिचालन गर्नसमेत माग गर्दछाैं,’ विज्ञप्तिमा भनिएकाे छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *