कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सङ्क्रमण तीव्र भएका मुलुकहरूबाट नेपाल भित्रिने क्रम रोक्न सिफारिस गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।

“विदेशबाट आउने सबै उडान रोक्ने भन्ने होइन। कोरोना भाइरसको सङ्क्रमण बढी भएका देशबीचको उडान रोक्नका लागि सिफारिस भएको हो, “मन्त्री त्रिपाठीले भने।

मन्त्री त्रिपाठीका अनुसार आदेश गर्ने अधिकार मन्त्रिपरिषद्‌मा निहित रहेकाले सीसीएमसीले उडान बन्द गर्ने मितिको निर्णयचाहिँ लिएको छैन।

उनले भने, “निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्को भएकाले कहिलेदेखि बन्द गर्ने भन्ने कुरा सीसीएमसीले गरेन। तर उडान बन्द गर्नुपर्छ भनेर सिफारिस गरेका हौँ।”

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिन सङ्क्रमण बढी भएका देशहरूबाट आउने यात्रु र  आन्तरिक उडान रोक्नका लागि सीसीएमसीले सिफारिस गरेको प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले बताए।

उनले भने, “अनुगमन गर्दा त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य मापदण्ड अपनाएको पाइएन। दैनिक हजारौँ मानिस हवाई मार्गबाट आउने जाने कार्य हुँदा मानिसको आवागमन रोकिएन।”

हवाई उडानका विषयमा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसमाथि छलफल गरी निष्कर्ष निकाल्ने छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *