प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संकटमा नागरिकलाई ढाडस दिनुपर्ने बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता एवं प्रमुख विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले संकटमा त्रास नफैलाइ विश्वास प्रवाह गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘पुरै वर्ष दिन द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर छैन, अक्सिजन छैन भने निरीहता प्रस्तुत गर्नु जनताको जीवनप्रति खेलबाडको व्यवहार हो ।’

अभावको गीत गाएर समस्याको समाधान नहुने भन्दै समयमै सजग हुनका लागि सरकारसमक्ष नेपाली कांग्रेसले अपिल गरेको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *