MOHP

काठमाडौँ  :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमण फैलन नदिन सचेत नभए संक्रमितको उपचारको लागि अस्पतालमा राख्ने ठाउँ नहुने चेतावनी दिएको छ ।  मन्त्रलायका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन । त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि बिचलिन हुन नदिऔँ, खबरदारी गरौँ। आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाइमा ध्यान दिने गरौँ।’

अहिलेको संक्रमण उमेर समूह अत्यन्तै जोखिममा रहेकोले मापदण्ड पालना गर्न पनि स्वास्थ्य मन्त्रालयले सबैलाई आह्वान गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *