काठमाडौँ : राष्ट्रिय सभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आउँदो जेठ ६ गतेका लागि तय गरेको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले प्रकाशन गरेको कार्यतालिका अनुसार आगामी वैशाख २१ गते मतदाता नामावली प्रकाशन हुनेछ ।

त्यस्तै वैशाख २४ गते उम्मेदवारको मनोनयन हुनेछ । वैशाख २९ गते उमेदवारको अन्तिम नामावली प्रकाशन र २९ गते उमेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
जेठ ६ गते गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारबाही गरेको थियो । कारबाही गरेपछि उनी पदमुक्त भएका छन् । एमालेले रिक्त पदमा थापालाई नै उमेदवार बनाउने निर्णय गरेको छ।

