नेपालगन्ज:  नेपाली कांग्रेसकी नेतृ मोहमद सिद्धिकीको कोरोनाको कारण निधन भएको छ।

पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेकी सिद्धिकीको शनिबार बेलुका नेपालगञ्जस्थित भेरी अस्पतालमा निधन भएको हो।

कोरोना संक्रमणपछि उनी १५ दिनदेखि भेरी अस्पतालमा भर्ना भएकी थिइन्। पछिल्लो समयमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो।

उपचारकै क्रममा शनिबार बेलुका ७ः३० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीसँगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या ७९ पुगेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *