काठमाडौं :  काठमाडौंमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेेट सिरिजमा आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो  १२:१५ बजे खेल शुरु हुनेछ। दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्स आजको जीत हासिल गरी फाइनलमा स्थान पक्का गर्ने योजनामा छ।

नेदरल्याण्ड्सले ३ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित नेदरल्याण्ड्सले दोस्रो खेलमा मलेसियालाई १५ रनले र तेस्रो खेलमा नेपाललाई ३ विकेटले हराएको थियो।

उता जितविहीन मलेसियालाई आजको खेल जिते पनि फाइनलमा पुग्न कठिन छ। मलेसिया पहिलो खेलमा नेदरल्याण्ड्ससँग १५ रनले र दोस्रो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो। तीन खेलमा दुई खेल जित्दै आयोजक नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले हराएको थियो। नेपालले लीग चरणको अन्तिम खेल भोलि मलेसियासँग खेल्नेछ।

डबल राउण्ड रोबिनको आधारमा जारी शृङ्खलाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *