हेटौंडा : वाग्मती प्रदेशमा एकजना प्रदेशसभा सदस्य निर्णायक हुँदा एमालेको सरकार टिकेको छ ।वाग्मती        प्रदेश सभामा कुल ११० जना सदस्य छन् । पार्टी विभाजनपछि एमालेसँग सभामुखसहित ५७ सांसद छन् भने माओवादी केन्द्रसँग २३ जना छन् ।

प्रदेश सरकार गठनका लागि ५६ सदस्यको समर्थन चाहिन्छ । सरकार चलाइरहेको एमालेसँग सभामुखबाहेक ५६ सांसद छन् । एकजना प्रदेशसभा सदस्य निर्णायक हुँदा एमालेको सरकार टिकेको छ ।

नेकपा विभाजित हुनुपूर्व बागमती प्रदेशमा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका खेलिरहेको थियो । नेकपा फुटेपछि एक मत नपुग्दा कांग्रेसको प्रतिपक्षी भूमिका खोसिएको छ ।

प्रदेशसभामा कांग्रेसका २२ सांसद छन् । तर, माओवादी केन्द्रसँग २३ सांसद रहेकाले काँग्रेसको प्रतिपक्षी भूमिका माओवादीको भागमा परेको छ । माओवादीसँग एक मत बढी भएका कारण तीन वर्षसम्म प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेस तेस्रो दलमा खुम्चिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *