म्यानमारमा भएको सैन्य ‘कू’ र नागरिकमाथि भएको दमनको विरोधमा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपालस्थित म्यानमारको दूतावास घेउरा गर्दै ज्ञापनपत्र बुझाएको छ । बुधबार अखिल क्रान्तिकारीले जुलुससहित ललितपुरको भैँसेपाटीमा रहेको नेपालका लागि म्यानमारको राजदूतावास घेराउ गर्दै सैन्य शासन विरुद्ध प्रर्दशन गरेको हो ।

दुतावास घेराउ गर्दै उनीहरुले ‘म्यानमारमा लोकतन्त्र बहाली गर,सैन्य नरसंहार बन्द गर,म्यानमारको सैन्य कू बन्द गर’ जस्ता नारा लगाएका छन् । म्यानमारको नागरिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै,लोकतन्त्र बहालीको पक्षमा क्रान्तिकारीले दूतावास घेराउ गरेको हो । म्यानमारको जनताको पक्षमा,त्यहाँको स्वतन्त्रताको पक्षमा,त्यहाँको प्रजातन्त्रको पक्षमा र सैन्य दमनको विरुद्धमा दूतावास घेराउ र ज्ञापन पत्र बुझाइएको क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

