काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै,’ रिपोर्टस् क्लव नेपालको वार्षिकोत्सवमा मंगलबार बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला। साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’

सरकारले वृद्धवृद्धालाई हेर्न थालेकोमा मानिसहरूलाई छटपटी लागेको उनले बताए। उनले नेपालले आफ्नै रेल किनेर सञ्चालन गर्न लागेको पनि बताएका छन्। ‘रेल किनेर ल्याइसकेको छ। सञ्चालन छिट्टै हुन्छ,’ उनले भने।

हुलाकी राजमार्गलगायतका राजमार्ग निर्माणका काम भइरहेको र सबै ठाउँमा सडक पुर्‍याइँने साथै हुम्लामा पनि छिट्टै सडक पुग्ने बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *