ताप्लेजुङ:  सोमबार राती पाथीभरा यमबरक–४ स्थित भित्री ग्रामीण सडकमा टिपर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ ।                                                                                    फुङलिङबाट डुम्रिसेतर्फ जाँदै गरेको प्र ३–०१–०५ ख ९२७१ नम्बरको  टिपर  राती ११ बजेतिर दुर्घटनामा परेको हो । टिपर सडकबाट करिब२५ मिटर तल खसेको थियो ।

दुर्घटनामा टिपरका सह–चालक लमजुङ घर भएका १७ वर्षीय कृष्ण विकको ज्यान गएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका लागि लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरका चालक सिन्धुली घर भएका २४ वर्षीय होमकुमार विक र अर्का चालक ताप्लेजुङ पाथीभरा यङबरक– २ का २० वर्षीय मन्दीप लिम्बू गम्भीर घाइते भएका छन् ।                                                                                           घाइते दुवैलाई उपचारका लागि झापातर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *