जिल्ला अदालत नवलपरासीले सिके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा अदालतमा हाजिर हुन आज सूचना जारी गरेको छ। रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई बाटाको म्यादबाहेक ३५ दिनभित्र आफ्नो सबुत प्रमाण लिई हाजिर हुन सूचनामा उल्लेख छ। हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ।
राउत जनमत पार्टीका प्रमुख छन्।


