काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। शोक वक्तव्य जारी गरेर प्रधानमन्त्री ओलीले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार, शुभचिन्तक र नेपाली कांग्रेसका नेता कार्यकर्ताप्रति समवेदना प्रकट गरेका हुन्।

जारी शोक वक्तव्यमा भनिएको छ, ‘लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएका जोशीले नेपाली कांग्रेसभित्र निष्ठावान, इमान्दार, जझारु छवि निर्माण गर्नुभएको थियो। दिवंगत नवीन्द्रराज जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।’

फागुन १४ गते मस्तिष्कघात भइ नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार साँझ निधन भएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *