Highest water flow was measured this year in the Saptakoshi River due to continuous rainfall, in Saptari, on Tuesday, September 13, 2016. Photo: THT

झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ ।

गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत साउन १२ गते भद्रपुर–४ मा खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा भद्रपुर–७ का ४० वर्षीय भोटलाल गणेशको मृत्यु भएको थियो । भद्रपुर–४ स्थित आमडाँगीमा इलाम टि–प्रोडुसर प्रालिको निर्माणाधीन भवनमा काम गर्दै आएका उनी सोही निर्माणाधीन भवनको करिब तीन सय मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्न गएका उनको घटनास्थमै मृत्यु भयो ।

गत शनिबारमात्रै जिल्लाको हल्दिबारी, बुद्धशान्ति र मेचीनगरमा एक–एक जनाले सोही क्रममा ज्यान गुमाए । बुद्धशान्ति–२ मा आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइलीले बुद्धशान्ति–३ स्थित कुलोको पानीमा करेन्ट लगाइ माछा मार्ने क्रममा अकालमा ज्यान गुमाए भने सोही दिन मेचीनगर–५ स्थित हडिया खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा मेचीनगर–११ धाइजनका ४७ वर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारका क्रममा मृत्यु भयो । यस्तै हल्दिबारी गाउँपालिका–५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङको भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय खोला–नालामा विद्युत्् प्रवाह गरी माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर अकालमै बर्सेनि कैयौँले अकालमै ज्यान गुमाउने गरेका छन् ।

सो क्रममा अधिकांशको घटनास्थलमै र केहीको उपचारका क्रममा मृत्यु हुने गरेको छ । जिल्लामा वैशाखयता मनसुनजन्य घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् । केहीको वर्षाका कारण नदी तथा खोलामा आएको बाढीले बगाउँदा र केहीको नहर, खोला तथा नदीमा पौडी खेल्ने क्रममा बगाउँदा मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै विगत केही दिनदेखि करेन्ट लागेर विभिन्न घटना–दुर्घटना भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

करेन्ट लगाएर माछा मार्ने, विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी नअपनाउने, खुलारूपमा रहेका बिजुलीका नाङ्गा तारले दुर्घटना बढाएकाले त्यस्ता कार्य निषेध गर्न सबै पक्षलाई आग्रह गरेको छ । साथै अव्यवस्थित तारहरूलाई व्यवस्थित गर्न यहाँका विद्युत् प्राधिकरणका सबै शाखालाई निर्देशन दिइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *