काठमाण्डौ: सृष्टि सेवा समाज, लाजिम्पाटले नि:शुल्क तालिम दिने काठमाडौँ काठमाडौँ वडा नम्बर २ अवस्थित सृष्टि सेवा समाजले बेरोजगारलाई स्वरोजगार बनाउने उद्देश्यका साथ निम्न वर्गीय, युवायुवती, एकल महिला, द्वन्द्वपीडित लाई निःशुल्करुपमा मोटरसाइकल मर्मत, होटल तालिम, कम्प्यूटर तालिम, सिलाई कटाई, प्लम्बिङ्ग लगायत अन्य विविध विधामा तालिम प्रदान गर्ने कुरा संस्थाका अध्यक्ष कृष्ण डङ्गोलले जानकारी दिनुभयो। साथै नव उद्यमी र युवा स्वरोजगार मार्फत देशलाई केही हदसम्म भएपनि समुन्नत बनाउनुमा यस संस्थाले भूमिका खेल्ने कुरा पनि बताउनुभयो। तालिममा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरुले संस्थाका अध्यक्ष कृष्ण डगोंल फोन नः ९८४१९५४८२८ वा ०१-४४३०६०१ मा सम्पर्क गर्न सक्नेछन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *