झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् ।

अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिनुभयो । गौरादह–३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले जनाएको छ ।

“शरीरमा कुनै चोटपटक छैन”, प्रहरी निरीक्षक तिम्सिनाले भन्नुभयो, “घटनका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *