बर्सेनि हरेक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार फ्रेबुअ्ररी १४ तारिखका दिन भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस मनाउने गरिन्छ ।
तर सर्वमान्य रुपमा भने रोमका पुजारी सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिनलाई भ्यालेन्टाइन्स डेको रुपमा मनाउने गरिएको कुरालाई नै बढी जोड दिएको पाइन्छ । इशापूर्व २६९ मा रोमका पुजारी सन्त भ्यालेन्टाइनलाई प्रेम गरेको र प्रेम गर्नेहरुको बिबाह गराएको आरोपमा राजा क्लाउडियसको आदेशमा फेब्रुअरी १४ कै दिनमा मृत्युदण्डको सजाय भयो । त्यसैले प्रेम गर्नेहरुको चाडको रुपमा यो दिनलाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डे मनाइन्छ ।
जसलाई नेपालीमा प्रणय दिवस पनि भन्ने बुझिन्छ । यो दिन नजिकिदै गर्दा यसको चहल पहल पनि बढ्दै गइरहेको छ । तर पनि विश्व काेराेनाकाे महामारिमा अलमलिएको छ कति पय देश काेराेनाकाे आक्रान्त बाट अम्किन सफल हुँदै छन् भने कतै स्मार्ट लकडाउनमा छन् । तर पनि बर्षाै देखि मान्दै आएकाे यस दिनलाई यादगार र राेमान्टिक बनाउन युवायुवती देखि विवाहित महिलापुरुषले विभिन्न योजना बनाई त्यसका लागि आवश्यक तयारी गर्ने र मनाउने गर्दछन् । भुतकालमा पश्चिमेली संस्कृति र चाडकारुपमा मात्र पहिचान बनाएको यो दिवस केही बर्ष यता बर्तमानमा विश्वब्यापीकरण हुदै यत्रतत्र मनाउन थालेका छन् । आजभाेलि यसको प्रभाव विश्वको सबै स्थानमा केही न केहि प्रभाव परेको सुन्न देख्न सकिन्छ । यसबाट पुर्वेली समाज पनि अछुतो रहन सकेको छैन ।
केही पछिल्ला बर्षहरुको अवस्था हेर्दा पूर्वेली समाजले पनि यो दिवसलाई पश्चिमेली समाजले झै निकै महत्व दिदै तामझाम र हर्षोल्लासका साथ मनाउन थालेको पाइन्छ । यो दिवसलाई अबिबाहित महिला पुरुषले आफुलाई मन परेकालाई प्रेम प्रस्ताव गर्ने, प्रेम सम्बन्धमा परेकाहरुले एक आपसको प्रेम संबन्धलाई अझ कसिलो, विस्वसनीय र परिपक्व बनाउने, प्रेम सम्बन्ध कसिलो भैसकेकाहरुले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गर्ने, दाम्पत्य जीवन बिताई रहेकाले दाम्पत्य जीवनयात्रालाई अझ राेमान्टिक खुसिमय, सुखमय,आनन्दमय र दिर्घायु बनाउने गर्दछन् । साथै आजभाेलि केही पश्चिमा राष्ट्रहरुमा आफ्ना दिवंगत जीवनसाथीको संझना गर्दै मृत आत्माको चीर शान्तिको लागि प्रार्थना गर्ने एक महत्वपूर्ण अवसरका रुपमा पनि लिने गर्दछन् ।

हिलो आज यस्ता प्रेमरुपी मनोभावना ब्यक्त गर्न प्रभावकारी सञ्चार माध्यमका रुपमा फोन तथा सामाजिक सञ्जालहरुको पनि भरपुर उययोग हुने गरेको छ । हिजो आज यो दिवस सबै उमेर समुहले धेर थोर मनाउने गरेका भए पनि मुख्य गरी युवापुस्तामा यो दिवसले बढी प्रथामिकता पाउँदै गइरहेको छ । त्यसो त कोहीले यस दिवसको मर्मलाई बुझेर बनाउने गर्दछन् त कोहीले लहै लहैमा । दिवसको मर्म विपरित रमाईलोका लागि मात्र मनाउनेको जमात पनि कम छैन । यसको समाजमा निकै नकारात्मक प्रभाव पार्दै गइरहको यर्थाथलाई भने नकार्न सकिदैन । यद्यपी, यो दिवसले दिन प्रतिदिन निकै चर्चा र महत्वका साथ अफ्नो क्षेत्र बिस्तार गर्दै गएको कुरा पनि सत्य नै हो ।
मुख्यगरी यस दिवसका अवसरमा मायाको प्रतिनिधित्व गर्ने मुटुको चित्र र गुलाफको फूललाई अत्यधिक प्रयोग गरिन्छ । विभिन्न रंगका गुलाफको फूल आदान प्रदान गरेर मायाँको भावना साटासाट समेत गर्ने गरिन्छ । गुलाफको फूलको विभिन्न रंग र प्रकृतिले भिन्न भिन्न अर्थ सहित संदेश प्रभाव गर्ने विश्वास पनि गरिन्छ । जसको बारेमा कतिपयलाई थाहा नहुन पनि सक्छ ।
प्रेम प्रस्ताव गर्न, प्रेम सम्बन्धलाई अझ कसिलो बनाउन र दाम्पत्य जीवनलाई सुखमय,आनन्दमय र दिर्घायु बनाउन प्रार्थना गरिएको र आफु प्रेममा समर्पित भएको प्रमाणका रुपमा मनोभावना ब्यक्त गर्नका लागि मुख्यगरी प्रेमपत्र, उपहार, कार्ड र गुलाफको फूल र मनपर्ने विभिन्न सामाग्रीकाे सहायता लिने राम्रा उपहार राेजाएर किनिदिने गर्दछन् ।
यदि तपाईले पनि कसैलाई प्रेम गर्नुभएको छ । तर आफ्नो मनको कुरा उनलाई भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईको लागि उचित समय हुन सक्छ । किनकि यो दिनलाई प्रेम गर्नेहरुले बिशेष दिनको रुपमा हेर्छन । र यो दिनमा आएका प्रस्तावहरुलाई पनि प्रेम गर्नेहरुले सकारात्मक रुपमा नै लिन्छन त्यसैले फेब्रुअरी १४ को सुनौलो अवसर नगुमाउनुहोस । अन्तमा सबैलाई फ्रब्रुअरी १४ प्रणय दिवसको शुभकामना ‼️
लेखक पेशाले पत्रकार हुनुहुन्छ।

