सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।
कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भीडभाड हुने हुनाले कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर फाइजर खोप ल्याउन सरकारले प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो । दुई–तीन महिनाभित्रै उक्त खोप आउन सक्ने सम्भावना छ भन्दै उहाँले अहिले बच्चालाई लगाउने खोपका लागि सम्बन्धित कम्पनीसँग छलफल भइरहेको र उनीहरूले खोप ल्याउने सुनिश्चितता गर्ने बित्तिकै खोप ल्याइने बताउनुभयो ।स्रोत: गोरखापत्र अनलाइन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *