काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाको २४ लाख खोप खोई भन्दै सरकारलाई प्रश्न गरेका छन्। अध्यक्ष ओलीले आइतबार एक विज्ञप्ति निकाल्दै यस्तो प्रश्न गरेका हुन्।

२४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरूले नै दिइरहेको उल्लेख गर्दै ओलीले प्रश्न गरेका छन्, ‘कहाँ गयो त्यति धेरै मात्राको खोप? कसले लुकायो वा बेच्यो? यसका लागि को जिम्मेवार? एकातिर यति ठूलो मात्रामा खोप गायब पारिएको छ भने अर्कातिर भण्डारमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौँ नागरिक खोपबाट वञ्चित  छन्। अरू त अरू, खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधी सिटामोलसमेत उपलब्ध गराउन नसक्नुले सरकार कति गैरजिम्मेवार छ भन्ने स्पष्ट हुन्छ।’

उनले सार्वजनिक सेवा उपयोगका लागि खोप कार्ड अनिवार्य गरिनु हास्यास्पद र विभेदकारी कदम रहेको बताएका छन्। ‘अघिल्लो सरकारले व्यवस्था गरिदिएको खोप आपूर्ति, व्यवस्थापन, भण्डारण र वितरण पनि राम्ररी गर्न असक्षम वर्तमान सरकारले तुलनात्मक रूपमा सहज अवस्थामा समेत नागरिकलाई पर्याप्त मात्रामा खोप लगाउन नसकिरहेको बेलामा सार्वजनिक सेवा उपयोगका लागि खोप कार्ड अनिवार्य भनेर हास्यास्पद र विभेदकारी कदम चालेको छ।’ विज्ञप्तिमा उल्लेख छ।

वर्तमान सरकारले पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेकोमा हालसम्म यो सङ्ख्या ४० प्रतिशत मात्र पुगेको उनले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *