पृथ्वी राजमार्ग खण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आइतबार बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दमौलीबाट डुम्रे जाँदै गरेको ग ३ च ३७७८ नं. को पिकप भेन आफैँ अनियन्त्रित भई सडकमा पल्टिन जाँदा चालक नाम थर, वतन नखुलेको बर्ष करीव ३५/३६ को पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भई उपचारका लागि जिल्ला अस्पताल दमौली पठाइएकोमा निजलाई डाक्टरद्वारा मृत घोषण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो । पिकअप भेनमा चालक मात्र सवार रहेको उहाँले जानकारी दिनुभयो । लास जिल्ला अस्पताल दमौलीको शव गृहमा राखिएको छ ।

