CORONA

सरकारले थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो।

२४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ।

‘पुस महिनामा संकलित जम्मा कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु एस जिन नेगेटिभ पत्ता लागेको छ। एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा  सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो,’ मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपालमा पहिलोपटक २० मंसिरमा दुई जनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *