काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिको सदस्य मनोनयन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्लबार विज्ञप्ति जारी गरी ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको जानकारी दिएका छन् ।

मनोनयन हुनेमा रुपन्देहीका दिपक बोहोरा र निरन्जन थापा, उदयपुरका हरिबहादुर बस्नेत, रामेछापका नवराज सुवेदी, रोल्पाका बालाराम घर्ती, भोजपुरका टंक ढकाल, बाँकेका प्रेमबहादुर भण्डारी, म्याग्दीका भिमप्रसाद गौचन, लमजुङका हेमजंग गुरुङ,धादिङका ठाकुर प्रसाद शर्मा, सुनसरीका रामकुमार सुब्बा,सुर्खेतका मुकुन्दश्याम गिरी रहेका छन्।

यसै गरी , भक्तपुरका दिनेश श्रेष्ठ, काठमाडौंका प्रा.डा. गीताभक्त जोशी, सरस्वती केसी र नवीन शाही, झापाका भक्तिप्रसाद सिटौला र अम्बर बहादुर विष्ट , गोरखाका मोहन कुमार श्रेष्ठ, नुवाकोटका झनक प्याकुरेल, अछामका श्यामबहादुर शाही, सोलुखुम्बुका एजी शेर्पा, ललितपुरका पुष्पराज पुरुष, जुम्लाका रमानन्द न्यौपाने, नवलपरासीका सरोजा शर्मा, सिराहाका रामप्रताप साह ‘भोला’, खोटाङका रविन चाम्लिङ, स्याङ्जाका दयराज पोखरेल, ,अधिकारी,रामेछापका दिनेश कार्की, कैलालीका वीरेन्द्र बम र रुकुम पूर्वका केशवचन्द्र समाल केन्द्रीय  सदस्यमा मनोनित भएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *