नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा कार्यालय सहयोगी पदमा कार्यरत बसेका धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरु भेरी अस्पतालको क्वाटरमा बस्दै आएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

