airportVienna International Airport from the Air Traffic Control Tower

काठमाडौं : कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दा विश्वका हजारौं उडान रद्द भएका छन्। यसले लाखौं यात्रु प्रभावित बने। क्रिसमसको समय भएकाले अन्य समयको तुलनामा यो यात्रुको उच्च चाप हुने समय हो। गत शुक्रबारदेखि आइतबारसम्मको क्रिसमस सप्ताहमा विश्वका कम्तीमा ७ हजार उडान रद्द भएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले जनाएका छन्।

 

यसबाट सबैभन्दा बढी चिनियाँ र अमेरिकी वायुसेवा कम्पनीहरू प्रभावित भएका छन्। यी देशहरूले सोमबार पनि धेरै उडानहरू ढिलाइ र रद्द हुने घोषणा गरिसकेका छन्। ओमिक्रोनका कारण कर्मचारी अभाव हुँदा उडानहरू रद्द भएको लाइटवेयर डाटा ट्र्याकिङ वेबसाइटलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

कतिपय एयरलाइन्सका कर्मचारीको कोभिड परीक्षण पोजेटिभ आएका कारण उडान रद्द गरिएको कम्पनीहरू बताउँछन्। सबै कर्मचारीहरूको कोभिड परीक्षण नगरे पनि संक्रमित व्यक्तिको सम्पर्कमा रहेका कर्मचारीहरूलाई सेल्फ आइसोलेसनमा बस्न भनिएकाले कर्मचारी अभाव छ। क्रिसमस सप्ताहको आइतबार १८ सयभन्दा बढी उडानहरू रद्द भएका छन्। स्रोत:अन्नपुर्ण पोष्ट ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *