काठमाडौं : नेकपा मालेका महासचिव सीपी मैनालीले व्यवस्था बदलियो तर जनताको अवस्था भने उस्तै रहेको बताएका छन्। आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

” पटक पटक व्यवस्था बदल्यौँ। अवस्था बदलिएन। निर्दोष जनताले झम्टिरहेका छन्। जनता निकै असन्तुष्ट छन्,” मैनालीले भने, “ठूला-ठूला प्रश्नहरु माओवादी केन्द्रमाथि उठेका छन्। एउटा लक्ष्य प्राप्तिका लागि सुरु गरेको आन्दोलन कहाँ पुग्यो। किन त्यो तत्कालीन लक्ष्य प्राप्त भएन। घोषित लक्ष्यलाई कसले अपहरण गर्यो।”

