काठमाडौं : बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रहने र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहने मौसम पूर्वमानुमान महाशाखाले जनाएको छ।

आज बिहान देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ। तराईका भूभागहरुमा हुस्सु लागेको महाशाखाले जनाएको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

