काठमाडौं : कोभिड-१९ को ओमिक्रोन भेरियन्ट
चाँडो फैलिने प्रकृतिको भए पनि फोक्सोमा पुगेपछि डेल्टा भेरियन्टको तुलनामा ७ गुणाले कमजोर हुने एक अध्ययनले निचोड निकालेको छ ।

चीनको हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हालसालै गरेको एक अध्ययनले उक्त निचोड निकालेको हो।
अध्ययन अनुसार हाम्रो श्वासप्रश्वास मार्गमा ओमिक्रोन भेरियन्ट डेल्टा र सुरुको सार्स कोभ-२ भन्दा ७० गुणा वृद्धि हुने गर्दछ। र अन्य भेरियन्टभन्दा ओमिक्रोन मानिस-मानिसबीच चाँडो फैलिनुको कारण यही हुन सक्छ।
तर फोक्सोका कोषमा पुगेपछि भने ओमिक्रोन वृद्धि हुने प्रक्रिया अन्य भेरियन्टभन्दा १० गुणाले घट्ने अनुसन्धानले देखाएको छ। यसैले अन्य भेरियन्टको तुलनामा ओमिक्रोनका संक्रमित गम्भीर अवस्थामा पुग्ने संभावना न्युन रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
प्रमुख वैज्ञानिक डा. माइकल चाङ चि वाईले भनेका छन्, ‘संक्रमणविरुद्ध शरीरको इम्युनिटी क्षमताले पनि निर्धारण गर्छ भन्ने कुरा थाहा पाउन आवश्यक छ, साथै रोगको कारक भन्ने अति संक्रामक भाइरसले धेरैलाई संक्रमित गरेर गम्भीर बिरामी बनाउने र मृत्यु हुने संभावना पनि हुन्छ भनेर बुझ्नुपर्छ ।’
डा. चि वाईले यसको समग्र जोखिम धेरै रहेको पनि चाङले बताएका छन् ।
हङकङ विश्वविद्यालयमा गरिएको पछिल्लो अध्ययनको स्वतन्त्र विश्लेषण (पिअर रिभ्यू) हुन भने बाँकी छ । तर आफ्नो अध्ययनले ओमिक्रोनको असर अनुमान गर्न सघाउने अनुसन्धानकर्ताको भनाइ रहेको छ।

