अल्का अस्पतालले बाथरोग सम्बन्धि नौं दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ (आईतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन भएको हो। शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क गरिएको अस्पतालले जनाएको छ।

अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै १७ वटा भन्दा बढी बाथरोग सम्बन्धि ल्याब जाँच पनि निशुल्क गरिने अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले कोभिडका कारण अस्पतालले सञ्चालन गर्दै आएका विभिन्न शिविरहरु रोकिए पनि अब नियमित सञ्चालन हुने जानकारी दिए। उनले आजबाट सुरु भएको बाथरोगसम्बन्धी शिविर भने दुई चरणमा गरी ९ दिन सञ्चालन हुने र यो शिविरबाट ग्रामिण जनसमुदायहरु धेरै लाभान्वित हुने बताए।

प्रमुख कार्यकारी अधिकृत पाखरेलले भने, ‘यो बाथरोग विषयको शिविर हो, बाथरोगजस्ता विषयहरुमा स्वास्थ्य सेवाको पहुँच कम भएको हुनाले उपचार पाउन नसकेकाहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरिरहेका छौँ। कोभिडका कारण नियमित शिविर सञ्चालन गर्न सकिरहेका थिएनौँ। अब हामी फेरि विशेष प्रकृतिका रोगहरुको शिविर सञ्चालन गर्ने क्रममा छाैं। हामी अब पनि निःसन्तान सम्बन्धि शिविरको तयारीमा छौँ। यो स्वास्थ्यको पहुँच कम भएका जनसमुदायलाई नै लक्षित गरेर सञ्चालनमा ल्याइएको हो। यो पूर्णतया निःशुल्क शिविर हो। स्वास्थ्यजाँच मात्रै निःशुल्क होइन, स्वास्थ्य सेवा नै निःशुल्क हो।’

बाथरोग विशेषज्ञ डा.जीवन पौडेलले बाथरोगसम्बन्धी बिरामी भएकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको बताए। उनले हाडजोर्नी, नशा सुन्निने, दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनाबारी गडबडी भएकाहरु, बेला बेलामा गर्भ समेत तुहिने समस्या भएका लगायत बाथरोगसँग सम्बन्धित समस्या भएकाहरुको उपचार गरिने बताए।

सिबिसी, इसिआर, युरिकएसिड, क्रियटीनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसीलगायतका ल्याब जाँच डाक्टरको सिफारिसमा निःशुल्क गरिने अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले हरेक दिन सय जना बिरामीहरुलाई जाँच गरिने बताएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *