भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पार्टीका गतिविधिलाई अझ बढी सेवाभावका साथ जनतामाझ लैजान निर्देशन दिएका छन्।पार्टीको ३२औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन्।

बिहीबारदेखि सुरु भएको बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको विचार पनि अगाडि सारे।

नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले बैठकमा, कोभिडले निम्त्याएका समस्याका साथै पार्टीको नौ महिनाका गतिविधिको समीक्षा भएको र एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण पनि भएको जानकारी दिए ।

बैठक पुस २ र ३ गतेसम्म सञ्चालन हुनेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *