चीनमा अर्का एक व्यक्तिमा ओमिक्रोनको संक्रमण देखिएको छ । चीनको ग्वान्झाउमा मङ्गलबार ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएको सीएनएनले उल्लेख गरेको छ ।

यसअघि चीनमा एक नागरिकमा ओमिक्रोन संक्रमण भेटिएको थियो । त्यहाँ नयाँ भेरियन्ट देखिएको यो दोस्रो केस हो
संक्रमित दोस्रा व्यक्तिमा लक्षण भने देखिएको थिएन तर परीक्षण गर्दा ओमिक्रोन भाइरसको संक्रमण देखिएको हो।
ग्वान्झाउमा भेटिएका ती व्यक्ति झण्डै दुई साता अघि विदेशबाट आएका थिए ।

