विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिने घोषणा गरेका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभा बैठक बसेको थियो।आफूले विश्वासको मत पाउने अवस्था नभएपछि उनले राजीनामा दिने भएका हुन् ।

प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य छन्। बहुमतका लागि ४७ मतको आवश्यकता पर्दछ। सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद मात्र छन्।

विपक्षी गठबन्धन (कांग्रेस, माओवादी, नेकपा एस र जसपा) ले नेकपा (एस) का नेता राजेन्द्र राईलाई अघि सारेको छ। गठबन्धनसँग ५० सांसद छन्। गठबन्धनको आइतबार बसेको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका हुन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *