logo

काठमाडौं : खाडी तथा मलेसियामा जाने श्रमिकको पारिश्रमिक बढाउन नेपालले प्रस्ताव गरेको छ। आबुधावी डायलगमा नेपालले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो।

खाडी र मलेसियाका श्रममन्त्री सहभागी भएको आबुधावी डायलगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्रमिकको पारिश्रमिक बढाउन अपरिहार्य भइसकेको बताए।

वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया जाने श्रमिकको पारिश्रमिक अत्यन्तै न्यून छ। पारिश्रमिक न्यून हुँदा मलेसिया तथा खाडीबाट आउने रेमिट्यान्स पनि थोरै छ।  कम मूल्यमै श्रम गर्न बाध्य भएकाले कठोर परिश्रम गर्दा पनि श्रमिकको जीवनस्तरमा सुधार आउन सकेको छैन।

यहाँ काम गर्ने श्रमिकले वर्षमा औसतमा १ लाख रुपैयाँ पनि कमाउन सकेका छैनन्। मासिक २२ हजार भन्दा बढी कमाइ हुन नसक्दा वैदेशिक रोजगार उपलब्धिविहीन बन्न पुगेको छ। खाडी, मलेसियालगायत १६ देशका श्रम मन्त्री सम्मिलित आबुधावी बैठकमा नेपालले न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क खान–बस्न व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको हो। रोजगारीका सिलसिलामा खाडी र मलेसियामा लाखौं श्रमिक कार्यरत छन्। नेपालीको मुख्य गन्तव्य खाडीका साउदी अरब, कतार, युएईलगायत हुन्। कोभिड लगायतका कारण मलेसियामा श्रमिक जाने प्रक्रियामा कमी आएको छ।

नेपालले श्रमिकको पारिश्रमिक बढाउनका साथै सीप सिकाउनसमेत प्रस्ताव गरेको छ। सीप सिकाएर मात्रै श्रमिक लिन नेपालले रोजगारदाता मुलुकका मन्त्रीको ध्यानाकर्षण गराएको हो। स्रोत: अन्नपुर्ण पोष्ट ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *