काठमाडौं : विजया दशमीको टीकाको शुभ साइत आज (असोज २९ गते शुक्रबार) बिहान १० बजेर २ मिनेटमा परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उक्त समय
टीकाको शुभ साइत भएको जनाएको हो।

आजदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद स्वरूप टीका ग्रहण गर्न सकिन्छ। कात्तिक २ गते आश्विन शुक्ल पूर्णिमाका दिन कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ।

समितिका अनुसार घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गर्ने साइत भने बिहान ८ बजेर १९ मिनेटमा परेको छ।

कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनसँग आशीर्वाद लिन जाँदा स्वास्थ्यको सुरक्षालाई ध्यानमा राख्दै सचेतता अपनाउन समितिले आह्वानसमेत गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *