काठमाडौँ :बुधबार (आज) देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र अरु भू-भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३७ मिनेटमा हुनेछ ।

