काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा आज पनि अवरोध कायमै राखेको छ।

अवरोधकै अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दलित आयोगको प्रतिवदेन २०७६/७७ पेस गरेका छन्।

कानुन मन्त्री कार्कीले सो प्रतिवेदन पेस गरेसँगै ८ मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको हो।

प्रतिनिधिसभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिनको १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *