सांकेतिक चित्र
एजेन्सी:
अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर भीडको बीचमा विष्फोट भएको छ।विष्फोटमा के कति मानवीय क्षति भयो भन्नेबारे यकिन हुन सकेको छैन।

तालिबान प्रवक्ता जबीहुल्लाह मुजाले ईदगाह ग्रेट मस्जिदको गेट नजिकै विष्फोटन भएको र उक्त विष्फोटनमा आम नागरिकको मृत्यु भएको ट्विटरमा लेखेका छन् ।

उनका अनुसार तालिबान नेताको मृत परिवारको सदस्यका लागि प्रार्थना समारोह चलिरहेको बेला उक्त विष्फोट भएको थियो । अहिले तालिबान सुरक्षा बलले सतर्कता अपनाउनका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।

सो घटनामा परी घाइते भएकाहरूलाई एम्बुलेन्स र अन्य सवारी साधनबाट नजिकैको अस्पतालमा पुर्‍याइएको छ । अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *