काठमाडौं : आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

साथै प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षणको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव भरतराज गौतमले जनाएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *