काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक आह्वान गरेका छन्।

सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बिहान १० बजे बालुवाटरमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीले बताएका छन् ।

बैठकमा सहभागी हुन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

बैठक, संसद् सञ्चालनमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित हुने बताइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *