“डिग्री सम्म पढाम्ला”
पल शाह र समिक्षा अधिकारी अभिनय रहेको “डिग्री सम्म पढाम्ला” गीत केही दिन अगाडि सार्बजनिक भएको छ। गत बर्ष निक्कै रुचाईएको “चाइनेजो” गीत कै गायक जीवन पन्त र गायिका समिक्षा अधिकारीको आवाज रहेको उक्त गीतमा गीतकार तथा संगीतकार भने दिपक शर्मा हुन्। श्यामश्वेत रसाइलीको म्युजिक एरेन्ज तथा मिक्सिङ रहेको उक्त गीतको म्युजिक भिडियो निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन्। उक्त गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन भने सम्पादन पदम सुबेदिले गरेका हुन्।
नायक पल शाह र समिक्षा अधिकारीको जोडिलाई उक्त गीतमा निक्कै सुहाउँदो देखिएको छ। डिग्री सम्म पढाम्ला, पुदिनाको अचार, शिरमा लाछा डोरी, सिलौटो, बाबियोको डोरि जस्ता गाउँले अर्गानिक ठेट शब्दहरुले गीतमा निक्कै मिठास दिएको हामी पाँउछौ। आशा छ उक्त गीत तथा भिडियो लाखौं दर्शक, स्रोताले रुचाउनुहुनेछ। “सार्थक डिजिटल” युटुब च्यानलमा उक्त गीतको पूरा भिडियो हेर्न सक्नुहुनेछ।
नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल “सार्थक डिजिटल म्युजिक प्रा.लि.ले उक्त गीतलाई बजार ब्यवस्थापन गरेको छ।साथै बिश्व न्यूज़ परिवार सफलताको शुभकामना ब्यक्त गर्दछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *