काठमाडौं : प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। बैठक सुरु भएपछि
आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी सुरु गरेका थिए।

एमालेको विरोध र नाराबाजीकै बीच ‘विनियोजन विधेयक २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकमा बहुमतले पारित गरेको छ।
भदौ २३ गतेदेखि नै एमालेले लगातार संसद् अबरुद्ध गर्दै आएको छ।
माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने माग एमालेको रहेको छ।

